काठमाडाैं : भारतको प्रभावशाली टीभी च्यानल आजतकका एंकर तथा वरिष्ठ पत्रकार रोहित सरदानाको शुक्रवार देहावसान भएको छ ।

कोभिड पोजिटिभ भएपछि उनलाई बिहीवार मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

सरदानाले सन् २००० को दशकको शुरूआतमा कपी एडिटरका रूपमा काम गरेका थिए । पछि उनी जी न्युजमा कार्यकारी सम्पादक तथा एंकर थिए ।

सन् २०१७ देखि उनी आजतकमा थिए ।

उनी लोकप्रिय कार्यक्रम दंगल चलाउने गर्थे ।