जनकपुरधाम। बोरामा राखेर फालिएको अवस्थामा जनकपुरमा एक पुरुषको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्ही स्थित ६ लेन सडकको छेउमा  आँपको बगैँचा रहेको बोरोमा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४५/५० वर्षीय पुरुषको शव बोरामा बान्हेर/पारेर फालेको अवस्थामा मंगलबार भेटिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले मधेशटपलाई जानकारी दिए ।

घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटले बताए । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको छ ।

घटनास्थलको विशेष तालिम प्राप्त कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक राणाभाटले बताए ।