सुभम सिंह राजपूत, विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरी नै निषेधाज्ञा जारी गर्ने तयारीमा रहेको बताएको छ ।
मोरङ जिल्ला प्रशासनले बैशाख १८ गते शनिबार रातीदेखि एक साताका लागि विराटनगरसहि बुढिगंगा र जहदा गाउँपालिका तथा कटहरी गाउँपालिकाको वडा नं १, २, ३ र ४ निषेधाज्ञाको आदेश जारी गरेको थियो ।
तर उक्त आदेशको प्रभावकारी कार्यन्वयन नभएको र छिमेकी जिल्लाहरुले पूर्ण रुपमा निषेधाज्ञा जारी गरेपछि मोरङमा पनि दबाव परेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार छिमेकी जिल्लाहरुले जिल्लाभरी नै लागू हुने गरी कडाईका साथ निषेधाज्ञा गरेपछि मोरङमा पनि जिल्लाभरी निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको बताए । मोरङमा दिनानुदिन संक्रमण दर बढीरहेकाले निषेधाज्ञा कार्यन्वयनलाई कडाई गरिने पनि निरौलाले जानकारी दिए ।