मधेश टप डेस्क, 

जनकपुरधाम :  प्रादेशिक कोभिड अस्पताल जनकपुरको भेन्टिलेटर बिग्रिएको छ । यद्दपी प्रदेश सरकार मौन छन ।

प्रदेश सरकारले स्थपना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध भएपनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता डा.मनिष पाण्डेले बताए ।

अस्पतालमा जडान गरीएको समान्य ५ वटै भेन्टिलेटर बिग्रिएका उनले बताए । प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट( मेसु) प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नया भेन्टिलेटर माग गरिएको बताए ।

निजी अस्पतालहरुबाट प्रदेशकि कोभिड अस्पतालमा बिरामि आउने क्रम बढेकोले अस्पताले भार थाम्न सक्ने अवस्था छैन, उनले भने । जनकपुरको काव्या, नवजिवन र जलेश्वरबाट सिकिस्त संक्रमितहरु ऋाउने क्रम जारी रहेको डा.यादवले बताए ।

डा. यादवको अनुसार प्रादेशिक कोभिड अस्पताल ६३ वेड तयारी अवस्थामा छन् । अस्पतालमा आइसीयु १२ र ४१ वेडमा अक्सिजन उपलब्ध छ । भेन्टिलेटर बिग्रिएको अवस्थामा छ ।

अस्पतालले अक्सिजन र मेडिकेशन सेवा दिंदै आएको मेसु यादवले बताए ।