मधेश टप डेस्क, 

काठमाडौँ : कोरोना संक्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ।
आज अस्पताल कलंकीस्थित शहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ।

संक्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका उनलाई शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो।
वैशाख २७ गते संसद वैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो।