• पवन प्रसाद साह

 वीरगञ्ज : पर्सा निषेधाज्ञाको कारण प्रभावित गरिब, निमुखा, अलपत्र परेका यात्रु , सडक मानव तथा अस्पतालमा बिरामीका कुरुवाहरुलाई निशुल्क भोजन बितरण गरिएको छ ।

बिहानै देखि लगातार पानी परे पनि सेवा जारी रहेको संचालक ओमप्रकाश सरार्फले जानकारी दिनु भयो ।

कार्यक्रम अन्तर्गत रवि गुप्ता नेतृत्वमा दोस्रो दिन १५० प्याकेट खाना वितरण गरिएको हो।

अभियानमा स्वयंसेवकहरु सन्जय पटेल, राहुल रौनियार ,पवन सरार्फ,सिवम पटेल, किशु सरार्फ, श्याम नेपाल लगायतको सहयोग रहेको छ ।