बिरगंज :  सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।०१।२३ गते अं.१६:०० बजेको समयमा बिभिन्न कम्पनीको भारतीय मोटरसाइकलहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण वडा एरिया तथा वीरगञ्ज नगरभित्र चलाइरहेको सूचना प्राप्त भएकोले यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगञ्ज महाननगरपालिका वडा नं. १६, २२ र ३ स्थित सडक खण्डमा निम्न नम्बर भएका भारतीय मोटरसाइकलहरू वेवारिसे अवस्थामा फेला परेको हुँदा उक्त मोटरसाइकलहरूलाई रु.६,७०,०००।

(छ लाख सत्तरी हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा का प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो ।
निम्न:-
१. BR05V 0116 (Discover)
२. BR05M 3424 ( Scuti)
३. BR05AE 9973( 150CC Pulsor)
४. BR05AB 8496 ( Apache)
५. BR22F 1940 ( HeroHonda)
६. BR05X 6647 (Passion Pro)
७. BR05U 9026 (Super)
८. BR05Y 1928 (Platina)
९. BR05Y 6346 (Super)