जनकपुरधाम :  देशभर दिन प्रति दिन  कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज मात्रै हाल सम्मकै धेरै ९ हजार १९६ जना संक्रमित थपिएका छन् । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमश  ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ ।