जनकपुरधाम । धनुषाको शहिद नगरपालिकाका मेयर उदय बरबरिया यादले एक बिज्ञपति जारी गर्दै आफू चढ्ने सरकारि गाडी कोरोना बिरामीलाई चढ्न अर्थात नगर भित्रमा कोरोना संक्रमित बिरामी भए समयमा एम्बुलेन्स नपाए आफुले चढ्ने गाडी बिरामी ओसारपसारका लागि दिने जनाएको छ।
देशकै कान्छो मेयर बेलाबेलामा जनताको लागि राम्रो कार्य गर्दै आएकोले मेयरको यस्तो निर्णय पछि जनतामा खुसी छाएका छन।देशमा कोरोना महामारीको बिच एम्बुलेन्स अभाव रहेकोले विभिन्न संचार माध्यमहरुमा समाचारहरु आएको र देशको कऔ स्थानमा बिरामीको लागि गाडी एम्बुलेन्स नपाएर अस्पताल सम्म पुग्न नसकेर अचेलमै ज्यान जाने गरेको खबरहरु प्रसारण भएको छ।
सहिद नगरमा एम्बुलेन्स गाडी नपाएर कसैको ज्यान नजायोस भनेर मेयर उदयले यो निर्णय गरेका छन।सहिद नपाको मेयर उदय बरबरिया यादवले निर्णयमा जनाएको छ कि नगर भित्रका जनतामा कोरोनाको समस्या भए आफुले चढ्ने गाडी बिरामीको लागि परियोग गर्न दिने सहिद नगरपालिका धनुषाको मेयर उदय बरबरिया यादवले बिज्ञापित मर्फत जनकारि गराएको छ।