काठमाडौँ :  संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिलाई नियुक्तिका लागि सिफारीस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संवैधानिक परिषद्को आजको बैठकमा सभामुख अग्नी सापकोटा र काँग्रेस सभापति शेर बहादुर देउवा सहभागी भएनन् ।