जनकपुरधाम : अति आवश्यक सेवा दिने सवारी साधनको रूपमा रहेका कारण एम्बुलेन्स खरिदमा सरकारले राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउन पाइँदैन । तर, जनकपुरधाममा एम्बुलेन्स बेच्ने र ठेक्कामा दिने प्रवृत्ति मौलाउँदै गएपनि सम्बन्धित निकायले अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

यहाँका विभिन्न संघसंस्थाले भारतीय दूतावासबाट अनुदान स्वरूप पाएको एम्बुलेन्स व्यक्तिगत मुनाफाका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको पाइएको छ ।

धनुषामा मात्रै अहिले ७७ वटा एम्बुलेन्स रहेका छन् । जसमध्ये कतिपय संस्थाले भारतीय दूतावासबाट समेत अनुदान स्वरूप पाएका छन् । तर, अहिले ती सबै एम्बुलेन्स कहाँ छन् त्यसको कुनै लेखाजोखा छैन । कोरोनाजस्तो महामारीको समयमा पनि धनुषामा ७७ वटा एम्बुलेन्स रहे पनि बढीमा १० वटा मात्र सञ्चालनमा रहेका संयुक्त एम्बुलेन्स चालक  संघका केन्द्रीय  सदस्य महाशंकर ठाकुरले बताए ।

उनले अन्य दिन रंगभूमि मैदानमा च्याउझैं देखापर्ने एम्बुलेन्स अहिलेको विकट परिस्थितिमा त्यहाँबाट गायव भएको जनाए । उनले प्रतिप्रश्न गर्दै भने, ‘अहिले कहाँ छन् ती एम्बुलेन्स ? मुनाफा कमाउने उद्देश्यका लागि मात्रै सञ्चालन गरेका हुन कि ?’

उनले भने, ‘यहाँका अधिकांश संस्थाले एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाएका छन् । राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्सलाई मासिक १० देखि ३० हजारसम्ममा भाडामा लगाएर रकम असुली गर्ने गरिएको छ । बिक्रीनामा कागज समेत तयार गरेर १० देखि १५ लाख सम्ममा बेचिन्छ ।’
सरोकारवाला निकायको अनुगमन अभावको कारण यस्तो समस्या आउने गरेको उनको दुःखेसो छ । ठाकुरले एम्बुलेन्सको नियमन गर्ने निकायहरूको अभाव र अनुगमन नगर्ने प्रवृतिका कारण जनकपुरमा समस्या आएको सुनाए ।

बाह्रबिघा मैदानमा अन्य दिन मेची, कोशी, सगरमाथा र बाग्मती अञ्चल लगायत धनुषा र महोत्तरीको ग्रामीण क्षेत्रका नाममा दर्ता रहेका एम्बुलेन्स पनि भाडामा पाइन्थ्यो । ती सबै अहिले कहाँ छन् त्यसको कुनै जानकारी कसैसँग छैन ।

राजस्व छुट र अनुदान सहयोगमा प्राप्त एम्बुलेन्स तोकिएको ठाँउभन्दा बाहिर चलाउन नपाइने  नियम रहेपनि कुनै वास्ता गरिएको छैन । विगतमा स्थानीय रंगभूमिमा स्टेसन गरेर राखिएको एम्बुलेन्सबाट चिकित्सकलाई कमिसन दिएर बिरामीसमेत पुर्याउने गरिएको थियो ।

राजस्व छुटमा वा दातृ निकायको सहयोगमा एम्बुलेन्स लिने र त्यसलाई ठेक्कामा चलाउने र बेच्ने प्रवृत्ति पनि बढेकोे छ । नेपाल भारतको सहयोगमा २२ वटा र राजस्व छुट सहित जम्मा ७७ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन् । जसमध्ये मापदण्ड विपरित ११ वटा ठेक्कामा लगाइएको छ भने ६ वटा गैरकानुनी रूपमा बेचिएको एम्बुलेन्स चालकहरूको आरोप छ ।

बिरामी बोक्ने एम्बुलेन्सको नियमित मेकानिकल परीक्षण र एम्बुलेन्स सञ्चालन समितिमा मासिक प्रतिवेदन बुझाउनुका साथै बिरामीका आफन्तलाई भाडा वापतको रसिद अनिवार्य दिनुपर्ने प्रावधान छ । एम्बुलेन्सका सञ्चालक र चालकले नियम कानुनको मजाक बनाउँदै आए पनि स्थानीय प्रशासनले कुनै कारबाही गरेको छैन । अधिकांश एम्बुलेन्सभित्र प्राथमिक उपचारको बाकस, अक्सिजन सिलिन्डर, स्लाइन स्टयान्डजस्ता उपकरणको समेत अभाव छ । प्राथमिक उपचार सम्बन्धी अनुभवी र गाडी चलाउन कम्तीमा पाँच वर्षको दक्षता भएकालाई मात्र एम्बुलेन्स चालकमा नियुक्त गर्न पाइने मापदण्डको पनि कुनै ख्याल गरिएको छैन ।

नारायणीको ज्योति नेपाल नामक संस्थाबाट सञ्चालित ना २ च ८९३१, सगरमाथाको कमलामाइ पोलिक्लिनिकबाट सञ्चालित स १ च ६५७, मेचीको रामदयाल संस्थाको मे १ च २०८० र मेचीकै गोठ गाउँको देव पोलिक्लिनिकबाट सञ्चालित मे १ च ३५०, ललितपुर उपमहानगरपालिका जावलाखेलको बा २ च ८७६६, नारायणी अञ्चलको समाज विकास संस्थान नेपालको ना २ च ६७२, पहरी समाज चन्द्रनिगाहपुरको ना २ च ८८५५ नम्बरको एम्बुलेन्स पनि जनकपुरमै सञ्चालित छन् । तर, अहिले महामारीको समयमा सेवा दिनुपर्ने अवस्थामा भने तीमध्ये एउटा पनि जनकपुरमा छैनन् ।

कहाँ कहाँ छन् एम्बुलेन्स ?

नेपाल रेडक्रस सोसाइटीको नाममा ज.१ च ११७४, ज.१ च १६०१, ज.१ च ५७४, ज.१ च ११२३, ज.१ च ७२१ र ज.१ च १९३८ गरी ६ वटा
सहिदनगर नगरपालिकामा ज.१ च ६९९९ नम्बरको एउटा
जनकपुर प्रादेशिक अस्पतालमा ज.१ झ ३८६ र ना.१ झ १५९६ नम्बरको गरी २ वटा
गणेशमान चारनाथ नगरपालिकास्थित स्वास्थ्य चौकी गोदारमा ज.१ झ ३८७ नम्बरको एउटा
गोदारस्थित गुराँस युवा समूहको नाममा ज.१ च ६५६ नम्बरको एउटा
गणेशमान चारनाथ नगरपालिकाको छिहत्तरविगहास्थित सृजनशील युवा परिवारको नाममा ज १ च १४६८ नम्बरको एउटा
बिरेन्द्रबजारस्थित नेशनल पोलिक्लिनिकको नाममा ज.१ च ११९५ नम्बरको एउटा
धनुषाधाम नगरपालिकाको भिमान मुलावस्थित श्रीमद्भागवत प्रचार संघको नाममा ज.१ च १२३७ नम्बरको एउटा
स्वास्थ्यचौकी ढल्केबरको नाममा ज.१ झ ३९० नम्बरको एउटा
ढल्केबरस्थित शिवगुरु बहुउद्देश्य सहकारीको नाममा ज.१ च १७१५ नम्बरको एउटा
ढल्केबरस्थित रामलक्ष्मण सेवा समितिको नाममा नम्बर खुल्न नसकेको एउटा
लालगढ अस्पतालको नाममा ना.२ च २२५८ नम्बरको एउटा
नक्टाझिजस्थित हिमालय युवा क्लबको नाममा ज.१ च ६४५ नम्बरको एउटा
बटेश्वर गाउँपालिकास्थित मानव कल्याणको नाममा ज.१ च १७२० नम्बरको एउटा
बटेश्वरस्थित स.से. कृषि संस्थाको नाममा ज.१ च १६२० नम्बरको एउटा
महेन्द्रनगरस्थित समाज कल्याण तथा केन्द्रको नाममा ज.१ च ७८० नम्बरको एउटा
महेन्द्रनगरस्थित सुशिला ठाकुर मेमोरियल फाउण्डेशनको नाममा ज.१ च १७७१ नम्बरको एउटा
रमदैयास्थित जानकी मेडिकल कलेजको नाममा ज.१ च १९४५ र ज.१ च ५१० नम्बरको २ वटा
सपहीस्थित रामशरण मेमोरियल प्रतिष्ठानको नाममा ज.१ च ९३४ नम्बरको एउटा
धनुषाधाम–३ स्थित राजाराम पोलिक्लिनिकको नाममा ज.१ च १५५२ नम्बरको एउटा धनुषाधाम–३ स्थित दनुवार जागरण समितिको नाममा ज.१ च १२०५ नम्बरको एउटा
धनुषाधाम–३ स्थित पोपुलर हस्पिटलको नाममा ज.१ च १०४ नम्बरको एउटा
इलाका स्वास्थ्य चौकी सबैलाको नाममा ज.१ झ ४०१ नम्बरको एउटा
स्वास्थ्य चौकी रघुनाथपुरको नाममा ज.१ झ ४०२ नम्बरको एउटा
जनकपुरधाम उपमहानगरपालिकाको नाममा ज.१ च ४०२, ज.१ च ४०४ र ज.१ च ४१७ नम्बरको ३ वटा
जनकपुरधाम–११ स्थित सहिद स्मृति प्रतिष्ठानको नाममा ज.१ च ७३२ नम्बरको एउटा
जनकपुरधाम–९ स्थित केयर मेडिकल सेन्टरको नाममा ज.१ च ४३४ र ज.१ च ४७३ नम्बरको २ वटा
जचुकालीको नाममा ज.१ ज्ञ १३८ नम्बरको एउटा
जनकपुरधाम–२ स्थित नेपाल मुस्लिम समाज धनुषाको नाममा ज.१ च ७८६ नम्बरको एउटा
धनुषा अस्पताल प्रालिको नाममा बा.७ च २३९० र ज.१ च ४६४ नम्बरको २ वटा
जनकपुर सिटी हस्पिटल प्रालिको नाममा ज.१ च १५१६ नम्बरको एउटा
जनकपुरधाम–९ स्थित सरोज कोइराला फाउण्डेशनको नाममा नम्बर खुल्न नसकेको एउटा
झटियाही–९ स्थित बजरंग क्लबको नाममा ज.१ च ७०० नम्बरको एउटा
जनकपुरधाम–६ स्थित मारवाडी सेवा समितिको नाममा ज.१ च ३९१ नम्बरको एउटा
जनकपुरधाम–६ स्थित थारु कल्याण समाजको नाममा ज.१ च १००० नम्बरको एउटा जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलको नाममा ज.१ च १०८४ र ज.१ च १२०४ नम्बरको २ वटा
महावीर युवा कमिटिको नाममा ज.१ च ४६९ नम्बरको एउटा
नव मिथिला युवा कमिटिको नाममा ज.१ च १६०० नम्बरको एउटा
जनकपुरधाम–८ स्थित जनकपुर ट्रमा सेन्टरको नाममा ज.१ च १५५५ नम्बरको एउटा
जनकपुरधाम–४ स्थित ग्रामिण विकास समाजको नाममा ज.१ च १२८७ नम्बरको एउटा जनकपुरधामस्थित समाज विकास संस्थानको नाममा ज.१ च १००८ नम्बरको एउटा
विदेह नगरपालिकास्थित राजिव झा प्रमुख रहेको संस्था मिथिला स्वास्थ्य सहकारीको नाममा ज.१ च १११६, ज.१ च १७१६ र ज.१ च १११६ नम्बरको ३ वटा
नगराइन नगरपालिकास्थित स्वास्थ्य चौकी घोडघासको नाममा ज. १ झ ४१६ र ज.१ च ४०७ नम्बरको २ वटा
इलाका स्वास्थ्य चौकी फुलगामाको नाममा नम्बर खुल्न नसकेको एउटा
मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित स्वास्थ्य चौकी बहेराबेलाको नाममा ज.१ च ३९२ नम्बरको एउटा
जनकपुरधाम–९ स्थित मिथिला महिला प्रतिष्ठानको नाममा ज.१ च १९६५ नम्बरको एउटा
जनकपुरधाम–४ स्थित श्री विश्वकर्मा युवा कमिटीको नाममा ज.१ च १६९५ नम्बरको एउटा
नेपाल शिक्षक संघ धनुषाको नाममा ज.१ च १२२७ नम्बरको एउटा
जनकपुरधाम–१ स्थित राष्ट्रिय जनकल्याण विकास केन्द्रको नाममा ज.१ च १९२३ नम्बरको एउटा
जनकपुरधाम–१ स्थित माँ धनुषा समाज सेवा समिति नेपालको नाममा ज.१ च १९५५ नम्बरको एउटा
औरही गाउँपालिकास्थित समाज विकास सेवा केन्द्रको नाममा ज.१ च १८८७ नम्बरको एउटा
जनकपुरधाम–४ स्थित श्री नव मिथिला युवा कमिटिको नाममा ज.१ च १६०० नम्बरको एउटा
नगराइन नगरपालिका–१ देवडिहास्थित माँ सहयोगी नेपालको नाममा ज.१ च १२१३ नम्बरको एउटा
हंसपुर नगरपालिकास्थित स्व.बौआबती रामदयाल स्मृति प्रतिष्ठानको नाममा नम्बर खुल्न नसकेको एउटा
सुरेन्द्र भण्डारी प्रमुख रहेका जनकपुरधाम–४ स्थित श्री मिथिला युवा समाज नेपालको नाममा ज.१ च ७७७ नम्बरको एउटा
जनकपुरधाम–४ स्थित सहिद स्मृति समाज विकास प्रतिष्ठानको नाममा ज.१ च १४०९ नम्बरको एउटा
जनकपुरधाम–८ स्थित कालिका कृषि सहकारी संस्थाको नाममा ज.१ च १७०८ नम्बरको एउटा
जनकपुरधाम–८ स्थित मिथिलाञ्चल विकास केन्द्रको नाममा ज.१ च १४७४ नम्बरको एउटा
गणेश युवा कमिटिको नाममा ज.१ च ६३८ नम्बरको एउटा
रामानन्द युवा क्लबको नाममा ज.१ च ६३७ नम्बरको एउटा
जनकपुरधाम–२१ कुर्थास्थित महासेठ सेवा समितिको नाममा ज.१ च १९५९ नम्बरको एउटा
जनकपुरधाम–७ स्थित डाक्टर जामुन प्रसाद सिंहले सञ्चालन गरेको बाल अस्पतालको नाममा प्रदेश २ ०२००१ च ०० नम्बरको एउटा

धनुषा जिल्लाभरि कुल ७७ वटा एम्बुलेन्स रहेका छन् । जिल्लामा रहेका थोरै एम्बुलेन्सले इमानदारीपूर्वक सेवा दिइरहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश सिंहले जानकारी दिए । उनले अधिकांशले नाफा कमाउने उद्देश्यले ठेक्कामा लगाएको हुनसक्ने समेत आशंका व्यक्त गरेका छन् ।

साभार : फरकधार डटकम