काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान हुने भएको छ। मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ।

यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आउँदैछ। हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाण्डौ आउने तालिका रहेको छ।

यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट एअर एम्बुलेन्स दिउँसो पौने ४ बजे काठमाण्डौ आएर भारतको लखनउ जान लागेको विमानस्थल कार्यालयले जनाएको छ।

यस्तै कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे आएर पौने ८ बजे उड्नेछ। यस्तै हिमालय एअरलाइन्सको जहाज आजै चीनको कुम्निङ जाने तालिका रहेको छ।