महोत्त्तरी। महाेत्तरी स्थित सशस्त्र प्रहरी गणका एसपीले घुमुवा नराखेपनि पहिलेका घुमुवाहरूले सुचना दिएर तस्करी गराउन सहयोग गरेवापत रकम असुली गरिरहेका छन् । जागिर खाएदेखि महाेत्तरी नछाेडेका सिपाही सुमित सिहं र भिट्टामाेड स्थित तत्कालीन भन्सार गुल्ममा अाठ बर्ष घुमुवा बसेर ज्यादै बदनाम भएका सहायक हवल्दार सुरेश यादवले अहिले तस्करहरूलाई सुचना दिएर रकम लिने गरेका छन् ।

रकम अाफ्नाे नाममा नलिएर अाफन्त वा परिवारका सदस्यकाे नाममा मनिट्रान्सफर मार्फत लिने गरेको खुलेको छ।सुमित सिहं सशस्त्रको पूर्व डिअाईजी नरेन्द्र सिहंकाे भतिजो भन्दै जागिर खाए देखि महाेत्तरी छाेड्नु परेको छैन । सुरेश यादव अाठ बर्ष भिट्टामाेड भन्सारको घुमुवा भएर बदनाम भए पछि बुटवल लखेटिएका भए पनि फेरि फर्केर अाएपछि महाेत्तरी गणको इस्क्वाट टिममा बसेर तस्करहरूलाई सुचना चुहावट गरेर रकम असुली गरिरहेका छन् ।

गणबाट कुन टाेलि कति बेला निस्कन्छ , कता जान्छ सुचना दिने र जिल्लामा उनीहरू पुराना घुमुवा भएको कारण कुन तस्करले कहाँबाट केकाम गरिरहकाे छ भन्ने सम्पूर्ण जानकारी हुने भए पछि उनीहरूले असुली धन्दा चलाइरहेका छन् । अहिले भिट्टामाेडबाट शम्भु साह कपडा ,बिनाेद , बिपिन कपडा , मनाेज कवाडी , रघुनाथपुरबाट बेचु पटेल , श्याम र शंकर महत्ताेले कपडा , हाड्वेयर , सम्सीबाट नियाजले गाईगाेरूकाे ठूलो तस्करी गरिरहेका छन् ।

काेरना महामारीको समयमा पनि खाेलाकाे बगरमा अहिले पनि गाईगाेरूकाे मेला लाग्दै अाइरहेकाे छ । नियाजले यसैमार्फत गाईगाेरूकाे तस्करी गरिरहेका छन् । यी सबै तस्करहरूसंग सिपाही सुमित सिहं र सहायक हवल्दार सुरेश यादवको सेटिङ रहेको छ।