बर्दिबास,बैशाख २९ गते (मधेश टप):  महोत्तरीको बर्दिबासमा कोरोना नियन्त्रणका लागि ‘पुरानो माक्स फाल्नुस्, नयाँ माक्स लगाउनुस्’ भन्ने अभियना चलाइएको छ ।

बर्दिबास उद्योग बाणिज्य संघको आयोजना र इलाका प्रहरी कार्यालय बर्दिबासको सहयोगमा यो अभियान चलाइएको हो ।
६ घण्टापछी लगाएको सर्जिकल माक्स व्यवस्थान गरेर अर्को लगाउनु पर्छ । तर,एक हप्तासम्म सोही माक्स लगाएको पाइएकोले नयाँ माक्स लगाउन जनचेतना जगाउने अभिप्रायले अभियान चलाइएको बाणिज्य संघका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले बताए ।

पुरानो माक्स लगाउने वाणीका कारण कोरोना फैलिन सक्ने ठहर गर्दै बाणिज्य संघले पुरानो माक्स फाल्नुस्, नयाँ माक्स लगाउनुस् भन्ने अभियानलाई अघि सारेको हो ।