जनकपुरधाम ३० बैसाख (मधेश टप):  प्रदेश- २ मा सरकारले भोली शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारेर भोली एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले इदको अवसरमा मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना दिँदै प्रदेश सरकारले ३१ बैशाखमा एक दिने सार्वजनिक विदा दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । शुभकामना सन्देशमा विश्वमा फैलिएको महामारीको अवस्थालाई मध्यनजर गर्दै हर्षोल्लासको साथ मनाउने अवस्था नरहेको भन्दै स्वास्थ्यको मापदण्ड अपनाएर घरमै पर्व मनाउन आग्रह गरेको छ ।

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय