जनकपुरधाम, वैशाख ३० (मधेश टप): 

अतियाधिक दुखद समाचार जनकपुरधाम स्थित संकटमोचन मन्दिरका पूजारी महेश दास वैष्णवको निधन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बाह्रविघा मैदानको उत्तर पश्चिम कुना स्थित रहेको संकटमोचन मन्दिरका पूजारी बैष्णवको बिहीबार साँझ बल्डप्रेसरका कारण मस्तिष्कमा सिभिडी भएपछि निधन भएको हो ।

बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा बिहीबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।