मधेश टप
जनकपुरधाम, वैशाख ३१ :

पछिल्लो २४ घण्टामा नेपालमा  ८ हजार ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो  ।

यस्तैपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ।

यो संगै नेपालमा कोरोनाबाट  मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।

यस्तै आज नेपालमा ६ हजार १३५ जना संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।