नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै बिच अहिले सामाजिकसंजालहरुमा यो तस्बिर निकै भाइरल भएको छ।

यो तस्बिर नेपालको कुनै एक आइसोलेसको हो जहाँ कोरोना संक्रमित दुई बि’रामीले कृ’तिम अक्सिजन लिइरहेका छन् र उनीहरुको हातमा ता’सको पत्ता देख्न सकिन्छ। मुखमा अक्सिजन लगाएका दुवैजनाको हातमा ता’स देख्दा जो कोहि पनि अचम्ममा पर्ने देखन्छ। मृ’त्यु आफ्नै नजिक छ तर उनिहरुको अनुहारमा कुनै ड’र देखिदैन।

सामाजिकसंजाल मा भाइरल तस्बिर प्रति धेरैले आफ्नो प्रतिक्रिया जनाइरहेका छन्। कसैले यो निकै ठिक हो यस्तो कार्यले आत्मबल बढ्ने, ड’र हट्ने भरेर प्रोहोत्सान गरेको देखिन्छ भने कतिपयले यो कार्य एक दमै ग’लत हो भनेर आफ्नो प्रतिक्रिया ब्यक्त गरेका छन् । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृ’त्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृ’त्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृ’त्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।

गोर्खा डेली वाट ..