मधेश टप समाचारदाता 

धनुषा जेष्ठ १ (मधेश टप डेस्क) : बढ्दो कोरोना महामारी का कारण देशभरी त्रासको माहोल रहेको छ। साथै सबै किसिम का कार्यहरु पूर्ण रुपले बन्द गर्ने सरकारको निर्देशन रहेको र अतिआवश्यक कामका लागि मात्र घरबाट निस्कन आदेश दिएको छ जस्तै मेडिकल,बैंक इत्यादी सेवाहरु सुचारु राखन सरकार को निर्देशन रहेको छ ।

तर तीव्रगतिले फैलिरहेको कोरोना महामारी को असर लक्ष्मीनिया गाउपलिका को स्थानीय सरकार र जनता को कानमा गएको छैन। लक्ष्मीनियाँ गाउपालिका वडा न.७ स्थित लक्ष्मीनिया माइ मन्दिर को छेउतिर बिना नियम कानुन र बिना समाजिक दुरि कायम गरि हाटबजार लगाउने र अत्यधिक भिड गर्ने समेत देखियो।

No description available.

 

यसमाथि न स्थानीय सरकार न प्रशासन को ध्यान छ।

यस बाजारको अतियाधिक भिडले गर्दा गाउ छेउ को मानिसहरुको ठुलै घुइचो रहने गर्दछ नत् कुनै नियम छ न कुनै कानुन| बाजारलाइ नियन्त्रित गर्न के गर्नुपर्ला काहा छ स्थानिय सरकार ।

जनहितमा समाचार