मधेश टप

पर्सा, जेठ २ गते : पर्सामा प्रहरीले ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक युवकलाई पक्राउ गरेको छन । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसिया छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

डिएसपी खनालका अनुसार चौरसियाले शुक्रबार दिउँसो साढे १ बजे खेल्दै गरेकी ९ वर्षीया बालिकालाई बोलाएका थिए । बोलाएर धान दिने प्रलोभन देखाएर आफ्नै घरको भर्‍याङमुनि लगेर करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।

त्यसक्रममा यौन दुर्व्यवहार गर्दा बालिकाले प्रतिकार गरेर भागेकी थिइन् । बालिकाले बुवालाई खबर गरेपछि प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जाहेरीपछि प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।