सिरहा : जनतान्त्रिक तराई मुक्ति मोर्चा द्वारा संचालित “नागरिक संवाद कार्यक्रम” अत्यन्तै प्रभावकारी देखिदैछ, राज संस्था एवं हिन्दु अधिराज्य पुनःस्थापना लगायत विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत मोर्चाले एक महिना पुर्व सिरहा बाट “नागरिक संवाद कार्यक्रम” को उदघोष गरेको थियो ।

मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) आफै सिरहा पुगि उक्त अभियानको शंखनाद गरेका थिए र उनी आफै पनि प्रदेश नं २ को विभिन्न गाउँ समेत पुगेका थिए र हाल मोर्चाका नेताहरु देशैभरी उक्त संवाद कार्यक्रम लाई अभियानको रुपमा संचालन गरिरहेका छन् ।

 

त्यसै क्रममा सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड न. १ मुकसार स्थित “आकाशगंगा माता तिर्थ स्थल” मा आयोजित “नागरिक संवाद कार्यक्रम” मा विभिन्न राजनीतिक दल परित्याग गरि जनतान्त्रिक तराई मुक्ति मोर्चामा सयकडौंको संख्यामा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला प्रभारी/ईन्चार्ज श्री बुलन यादव (जय मुक्ति) को विशेष उपस्थिति तथा जनतान्त्रिक महिला संघका केन्द्रिय सदस्य एवं जनतान्त्रिक तराई मुक्ति मोर्चाका सिरहा संघीय संसदीय क्षेत्र नं १ का ईन्चार्ज श्रीमती विणा मन्डल, सिरहा धनगढीमाय नगरपालिका संयोजक श्री रघुनाथ महतो तथा सह-संयोजक श्रीमती सोमनी देवी साह ज्युको उपस्थिति रहेको थियो !

मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” ज्युले आफ्नो सामाजिक संजाल मार्फत सबैलाई हार्दिक स्वागत, बधाई एवं धन्यवाद ब्यक्त गरेका छन् ।