मधेशटप डेक्स सिरहा जेठ ३ : कल्याणपुर नगरपालिकाले अक्सिजन सहित १५ बेडको नरमल तथा आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ ।

कल्याणपुर नगरपालिका कार्यवाहक नगरप्रमुख रोहिनी कुमारी यादव तथा प्रशासकियअधिकृत जयप्रसाद दाससँग गरिएको अन्र्तक्रृयामा संक्रमित बचाउने अभियानलाई सहकार्य गरि अगाडि बढने निर्णय गरिएको छ ।

नगर भित्रका कोरोना संक्रमितको अवस्थालाई मध्यनजर गर्दै तत्काल ५ ओक्सिजन वेड सहितको आईसोलेसन र १० वेडको नरमल आईसोलेसन निर्माण गर्न पहिलो प्राथमिकतामा रहेको कार्यवाहक मेयर रोहिनी यादवले बताएकी छन् ।

त्यस्तै कोविड १९ अस्पतालको स्थलगत निरीक्षण गरिएको हो । सकभर चाडै कोविड अस्पताल सञ्चालनमा आउने कार्यवाहक मेयर यादवले वताईन ।