जनकपुरधाम, जेठ ३ (मधेश टप):

नयाँ भेरियन्टसहितको दोस्रो कोरोना महामारीको लहर सुरु भएपछि जिल्लामा निषेधाज्ञा लागेपछि जनकपुरधाममा मागेर खानेहरूका लागि खाना खुवाउने अभियान सञ्चालन गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित करिब जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरूका लागि वडाध्यक्ष जानकीराम साहले आइतबारदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन् ।

झण्डै दुई सातादेखि लागेको निषेधाज्ञाको कारण करिब ४० जना धर्मशालामा बस्दै आएका दैनिक ज्यालादारी तथा मागेर खानेहरूलाई समस्या  भएपछि वडाध्यक्ष साहले आइतबारदेखि निषेधाज्ञा अवधिभरका लागि उनीहरूलाई निस्शुल्क खानाको व्यवस्था गरेको जानकारी दिए ।

जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुर तथा सडकमा मागेर बस्नेलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था गरेको तथा आफ्नो वडामा कसैलाई भोकै सुत्न नपर्ने वडाध्यक्ष साहले बताए ।