मधेश टप जनकपुर जेठ ३ गते:-  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउनलाइ जिल्ला अदालत सुनसरीले आदेश दिइएको छ ।

एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि सोमवार थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए ।

अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए ।