• नरेन्द्र महतो

देशमा संघीयता कायम भए पछि जनताहरु सरल र सुविधा जनक तरिका बाट स्वास्थ्य सेवा ,शिक्षा र विकासकाे कार्यहरु देख्न र महसुस गर्न सकाेस उदेश्यले संघीयता ल्याउनकाे लागि अान्दाेलनकाे क्रममा सडकमा विभिन्न किसिमकाे नाराहरु गुन्जिएकाे थियाे ।तर अहिले शिक्षा र विकासकाे कार्य भन्दा स्वास्थ्य सेवा कार्यकाे विशेष अाबश्यकता रहेका छन त्याे नारा वजे पछि भित्रि मनमा खुशि गुन्जिएकाे अभास हुँदा अाज मन खिन्न भएर गएकाे छ ।

अाज यस्ताे दिन देख्नकाे लागि संघीयता ल्याउन खाेजेका थिएन जनताहरु ।जनताहरु अक्सिजन ,अाैषधि र उपचार विना सधै दुई सय भन्दा बढिकाे मृत्यु हुने गरेकाे सुने र देखे पछि तिन तहकाे सरकार कुनै काम नभएकाे अाम जनतामा महसुस भईरहेकाे छ।

जव सरकारले साधारण उपचार दिन सकेन भने याे तिन तहकाे सरकार किन चाहियाे अाम जनताकाे मनमा उठेकाे प्रश्नन हाे? तर अहिले गाैशाला नगरपालिकाकाे विज्ञेप्ति हेर्दा किन स्थानिय सरकार चाहियाे जुन सरकारले जनतालाई स्वास्थ्य सेवा दिन असमर्थ रहेकाे अवगत गराए पछि त्याे सरकार सँग भविष्यमा के अपेक्षा गर्न सकिन्छ ? गाैशाला नगरपालिकामा रहेकाे जनप्रतिनिधिहरुले अा अाफ्नाे घाेषणा पत्रमा अाम जनतालाई सरल र सुविधा जनक तरीका बाट स्वास्थ्य सेवा प्रदान गरे वचन दिएका थिए ।

तर अाज कुनै जनप्रतिनिधिहरुले जनतालाई सरल तरीका स्वास्थ्य सेवा दिन्छु कसैले कुनै विज्ञेप्ति मार्फत जनाईएका छैन ।तलव र भत्ता जनताकाे कर बाट खाने तर जनतालाई समय परेकाे वेला कुनै सुविधा नदिने? याे न्याय भएन प्रतिनिधि ज्युहरु?संघीय सरकारले उपकरणहरु समयमा व्यवस्था गर्ने सकेन तर तपाँईहरुले काेराेना संक्रमितकाे लागि के के व्यवस्था गर्नु भएकाे छ एक चाेटि एक, दुई गरी अाैलामा गिन्ति गराई दिए जनताकाे हाैसला बढने थियाे ।

पद पाउने वित्तिकै चार चक्का र दुई चक्का गाडि जनताकाे सेवा दिनकाे लागि खरीद गर्नु भयाे ,खाेई जनताकाे सेवा? अाज जनता त्यसकाे हिसाव माँग गरि रहेका छन ।अाज नगरपालिकामा लक डाउन भएकाे छ ,लक डाउन भए पछि गरीव ,अति गरीव जनताहरुलाई खाना खानकाे लागि निकै तडिपिरहेका छन तर अाज कुनै जनप्रतिनिधिहरुले उहाँकाे घरमा गएर साेध्नु भएकाे छैन हाेला ,तपाँईहरुलाई के काे अाबश्यकता छ तर चुनावकाे समयमा धेरै ठुला ठुला अश्वासन दिएर कुर्सिमा विराजमान हुनु भयाे । जनता सँग नडराए पनि भगवान सँग त डराउनु। अहिले जनताकाे अाैषधि,उपकरण, एक छाक खानाकाे अति अाबश्यक छन। एक चाेटि छातिमा हाथ राखेर साेचाैं र विचार गराैं।।