महोत्तरी जिल्लाको सोनमा गाउपालिका मा मानसिक सन्तुलन बिग्रेका एक जना युवकले आत्म हत्या गरेका छन।

सोनमा गाउपालिका १ बस्ने बेचन साहको छोरा बर्ष ३२ को सर्वस साहले घर बाट करिब पाच सय मिटर को दुरिमा रहेको आपको बगैचामा पासो लागाइ आत्महत्या गरेका छन। आत्महत्या गरेका साहको मान्सिक सन्तुलन ठिक नरहेको स्थानियको भनाइ रहेको छ। उसले पासो लगाउन आफैले प्रयोग गर्ने गमछा बाट पासो लगाइ आत्महत्या गरेका छ्न।

लक डाउन भए लगतै चोरी, डकैती, आत्महत्या, बलात्कार जस्तो घटनामा बृधी भएको छ।