जनकपुरधाम ४ जेष्ठ (मधेश टप): बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

आफ्नै गाई गोठमा काम गरिरहेका अवस्थामा  आफूलाई बलात्कार गरिएको बालिकाले  परिवारलाई भनेपछि परिवारको उजुरीका  आधारमा  प्रहरीले आज  उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।