मधेश टप समाचारदाता
सप्तरी ,जेठ ५ गते: 

सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.९ विष्णुुमन्दिर टोलका दुुई किशोरीको पोखरीमा डुुबेर मृत्युु भएको छ ।

स्थानीय रामकिसुन सरदारका छोरी २० वर्षीया छोरी कुन्ती कुमारी सरदार र इन्दल सरदारको १३ वर्षीया छोरी रोशनी कुमारी सरदारको पोखरीमा डुबेर मृत्युु भएको हो ।

बुधबार दिउँसो स्थानीय सन्तोष यादवको पोखरीमा स्नान गर्न गएको बेला उनीहरुको डुबेर मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पोखरीमा डुबिरहेका दुबैजनालाई स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरी स्थानीय कञ्चनरुप नगरपालिका वडा न.–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगेका थिए । त्यहाँ उनीहरुलाई मृत घोषणा गरिएको थियो ।