• नरेन्द्र महताे

महाेत्तरी :  जिल्ला प्रशासनले लगाएकाे लकडाउनकाे अबधिमा सवै भन्दा वढि दैनिक ज्वालादारी गरेर पेट भर्ने मजदुरहरु समस्यामा परेका दैनिक ज्वालादारि गर्ने मजदुरहरुले बताएका छन।

जिल्ला प्रशासनले निकालेकाे विज्ञेप्तिलाई सबैपालिकाहरुले पालन गर्न अति अाबश्यक भए पनि कुनै पालिकाले अहिले सम्म दैनिक कार्य गर्ने मजदुरहरुकाे बारेमा नसाेचेकाे कारण हाथ मुख जाेडन निकै समस्या भएकाे अति विपन्न तथा दैनिक काम गर्ने मजदुरहरुले वताएका छन।जिल्लाले काेराेना भाइरसकाे विराेधमा लकडाउन लगाएकाे भए पनि हामिहरुकाे पेटमा लकडाउन लागेकाे धेरै चिन्तित भएका छाै ।

लकडाउन लगाउन स्वास्थ्यकाे लागि अमृत समान भए पनि पेटकाे लागि धेरै घातका सिद्व भएका छन ।घरमा चार पाँच जनाकाे परिवार भएकाेले घर चलाउन निकै धाउ धाउ परेका मुसहर जातिहरुले बताएका छन।याे लकडाउन कति महीना सम्म रहने हाे त्यसकाे कुनै गाईरेन्टि नभएकाेले हामिहरुकाे वाल बच्चाकाे पेट कसरी भर्ने हाे त्यस वारेमा साेच दिनुहुन जिल्ला तथा पालिकाहरुका जननिर्वाचित प्रतिनिधिहरु सँग विनम्रह अाग्रह गर्दैछु उनिहरुले भने ।अहिले देश संकटकालकाे संघर्ष गर्दै छन। जिल्लाले वैशाख २२ गते लकडाउन गरेका छन ।

लकडाउन लगाउनु भन्दा पहिले पुर्वाधारहरुकाे व्यवस्था नगरेकाे कारण मजदुरहरु समस्यामा परेका विपक्षि दलका राजनितिक्रमिहरुले जनाएका छन। धनि तथा मध्यम वर्गकाहरुलाई समस्या नभए पनि दैनिक ज्वालादारी गरेर खानेहरुलाई निकै समस्यामा परेका छन।

अव लकडाउनकाेअवधि वढेमा र समस्या समाधान तिर काेई उपाय नगरेमा खान नपाएर कति गरीवकाे ज्यान जाने हाे त्यसकाे कुनै लेखा जाेखा नरहने उनिहरुले समवन्धित निकाय तथा जनप्रतिनिधिहरुलाई सचेत तथा अवगत गराउँछु भनेका छन।