सिराहा ७ जेष्ठ (मधेश टप): देशमा काेरना कहरकाे अातंक छ । बिरामी परेका जनताले उपचार नपाएर मर्नु परिरहेको छ। अक्सिजनकाे हाहाकार छ। देशमा सरकार छ छैन जनताले महसुस गर्न पाएका छैनन् । यस्तो अवस्थामा पनि सशस्त्र प्रहरीका केही अधिकृतहरू भने तस्करी गराएर घुमुवा परिचालन गरि रकम असुलीमा नै व्यस्त रहेका छन् ।

यसको ज्वलन्त उदाहरण सिराहाकाे बडहरी स्थित बेशक्याम्पकाे असुली धन्दाले उजागर गरेको छ।उक्त वेशक्याम्पका निरीक्षक सुर्य प्रसाद धमलाले दुई जना सिपाही परिचालन गरि रकम असुली गरिरहेका छन् ।

उनलेे रवीन्द्र बराल र भरत महत्ताेलाई परिचालन गरेर असुली गरिरहेका छन् । बडहरीबाट लाहान जाने ना ३ ख ३१३२ र ८४६२ नम्बरको बसमा लाखौंको रजनीगन्धा , खानेतेल चिनी , सूर्ति , दाल लगायतका सामानको तस्करी हुदै अाएकाे छ। निरीक्षकले रन्जित यादवलाई तस्करीको लाइन दिएका छन् । त्यही तस्करीको सामान उक्त बसबाट अाेसारिने गरिन्छ । भारतबाट नेपाल तर्फभने अशोक यादवले कपडाको , रमेश यादवले एल्वेस्टरकाे तस्करीको लाइन पाएका छन् ।

त्यसैगरी नेपालबाट भारत तर्फ लक्षमण यादव र महाराजजीकाे डिजेल तस्करी सशस्त्रको संरक्षणमा भैरहेको छ। दिपु यादव र गंगाराम यादवलाई सशस्त्र प्रहरीले ठूलो रक्सी तस्करीको लाइन दिएका छन् । चाइनिज स्याउकाे तस्करीको लाइन सन्तोष यादव र छेदी यादवले पाएका छन् । यो तस्करीको समुहले मासिक दस लाख रूपैयाँ दिएर तस्करीको लाइन पाएकाे समेत उजागर भएको छ।

तस्करी गराएको भेटिए पछि सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका डिअाइजी चन्द्र प्रकाश गाैतमले निरीक्षक धमलालाई सिराह स्थित गणमा तानेका छन् भने उनले राखेका घुमुवाहरू मध्ये रवीन्द्र बराललाई सर्लाही र भरत महत्ताेलाई सप्तरी लखेटेका छन् ।