सर्लाही :  कोरोना भाईरसको त्रासका बिच सर्लाहीमा चोरीका घटनाहरु पनि बढेको छ । मौकाको फाईदा उठाउदै स्थानिय स्तरमा चोरी गर्ने एकक गिरोह नै सक्रिय भएका छन ।

सर्लाहीको धनकौल गाउँपालिका वडा न-४ का वडा अध्यक्ष भोगेन्द्र राय यादवको मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ । चोरले बुधबार राती वडा अध्यक्ष यादवको घरबाट ना.१ ब ३९०७ नम्बरको सरकारी मोटरसाईकल चोरी गरेको स्थानीय राधेश्याम कुशवाहाले जनाएको छ ।

वडा अध्यक्ष यादवका अनुसार राती घर छेउको अर्को  घरको बरण्डामा गाडी लगाएको र भोली पल्ट  गाडी लगाएको घरमा  कुनै समान लिन जाँदा सो ठाउँमा  गाडी नदेखेपछि गाडी चोरी भएको  थाहा पाएको हो ।

मोटरसाइकल  चोरी भएको बारे जिल्ला प्रहरी कार्यालय मलंगवा  र नजिकका  प्रहरी चौकीहरुमा जानकारी गराई खोजि कार्यलाई तिब्र पारेको धनकौल ईलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।