धनुषा :  धनुषाको  सवैला नगरपालिका ९ स्थित कुशमाहा सतोषरको सप्तेश्वरनाथ महादेव सतोषर पोखरीमा आज बिहान एक बच्चाको डुबेर मृत्यु भएको छ।

जिल्लाकै बिदेह नगरपालिकाको जोगियरा टोल घर भइ बस्दै आएकी अन्दाजी बर्ष १० कि निक्की कुमारी रायको अन्य बच्चाहरु संगै नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।

यी बालिका आफ्नै आफन्तको घर कुशमाहा जन्तिमा केही दिन अघि मात्रै आएकी थिइन।

घटना  बिहान ११:३० बजेतिरको हो।बच्चाको शव स्थानियहरुले पानीबाट निकालेर इलाका प्रहरी सबैलालाइ खबर गरेको थियो।

उक्त बालिकाको शवलाइ पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको प्रहरी निरीक्षक इलाका प्रहरी सबैलाले जनाए।