रौतहट :  रौतहट स्थित सशस्त्र बन गस्तीटोलि र सिकारी बीच दोहरो झडप भएको छ ।

डिभिजन बन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको बन गस्ती टोलि र सिकारी समुहबिच भोलन्टार बनमा झडप भएको हो । ८ जनाको समुहमा रहेका सिकारीले बन गस्ती टोलिलाई हेरेर आक्रमणको प्रयास गरेको थियो । बन गस्ती टोलिले गोलि हन्ने एक्सन लिएपछि सिकारी समूह भागेको बन अधिकृत अमरदेव यादवले बताएका छन ।

तर सिकारी मध्येका एकजना चन्द्रपुर ३ का सिताराम स्यान्ताङ लाई गस्ती टोलिले लखेटेर पक्राउ गरेको अधिकृत यादवले जानकारी दिएका छन । तर हात हतियार भने उनका साथिहरुले लिएर भागेको यादवले बताएका छन ।

बन क्षेत्र भित्र पछिल्लो केही दिनदेखि अबैध चोरी सिकारी बढेको सूचनाको आधारमा सोहेक्षेत्रमा गस्ती जांदा सो झडप भएको बन अधिकृत अमरदेव यादवले बताएका छन । पक्राउ परेका स्यानताङ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसंधान भैरहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ । अबैध सिकारीको रुपमा स्तानताङ पक्राउ पर्नासाथ केहि स्थानीय नेताहरू टेलिफोन गरेर छोड्न दवाब दिरहेको एकजना बन सुरक्षा अधिकारिले बताएका छन ।