जनकपुरधाम, जेठ ९ (मधेश टप डेस्क):
आज माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको खुसियालीमा जनता समाजवादी पार्टी नेपालद्वारा जनकपुरधाममा दीप प्रज्वलन गरेको छ ।

पार्टीका नेता कार्यकर्ताहरूले आइतबार साँझ स्थानीय जनक चोकमा दीप प्रज्वलन गरी अध्यादेशको स्वागत गरेका हुन् ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै जसपाका केन्द्रीय सदस्य उमेश मण्डलले नेतृत्व पङ्क्तिलाई  मधेशको माग र मुद्दा सम्बोधनका लागि अगाडि बढ्न आग्रह गरे । उनले नागरिकता विधेयक जारी गरेकोमा वर्तमान सरकारलाई धन्यवाद समेत दिए ।

केन्द्रीय सदस्य मण्डलले आफूहरु नेतृत्वपंक्तिको साथमा रहेकाले मधेशको मुद्दाका लागि एक कदम पनि पछाडि नहट्न आग्रह समेत गरे ।

दीप प्रज्वलन कार्यक्रममा जसपाका नेताहरु उमेश मण्डल, राजु चौधरी, मनोज चौधरी, सदाशिव मिश्र, देवकृष्ण मण्डल, रमेश अधिकारी, प्रशान्त झालगायतको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।

०७२ असोज ०३ गतेअघि जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको छ ।

टुडे पाटि बाट ….