जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले यहाँका फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सोमवार  अहिलेको विषम प्रस्थिती लक्डाउनको अबस्थामा कोरोना भाइरस बाट बाच्न सुरक्षा समाग्रीहरु उपलब्ध गराएका छन ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नेपाल पत्रकार महासंघ प्रदेश २ समितिलाई र आठवटै जिल्लाका कार्य समितिलाई थर्मोगन १ थान, अक्सिमिटर १ थान हस्तान्तरण गरेका छन् । त्यस्तै  पत्रकारलाई सर्जिकल मास्क ५० पिस, केएन ९५ मास्क १० पिस, सेनिटाइजर १०० एमएलको दुईवटा बोतल, ग्लभ्स २ वटा, फेस शिल्ड २ वटा हस्तान्तरण गरेका छन ।

कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउनको उद्देश्यका साथ मिडिया काउन्सिल मार्फत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठवटै जिल्लाका पत्रकारहरुलाई यी सामाग्री उपलब्ध गराएको छन। मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले मन्त्री यादव मार्फत सो सामाग्री नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष राजेश कर्ण र धनुषा उपाध्यक्ष अवधेश कामतलाई हस्तान्तरण गराएका हुन ।

सुरक्षा समाग्री हस्तान्तरण गर्दै मन्त्री यादवले भने, ‘फ्रन्टलाईमा कार्य गर्ने पत्रकारहरुको सुरक्षाको दायित्व  प्रदेश सरकारको रहेको छ । यो समाग्री पर्याप्त छैन, तर आउने दिनमा पनि सहयोग रहनेछ ।’ कोरोना रोगबाट दुईजना पत्रकारको मृत्यु भएको परिवारजनलाई मन्त्री परिषद्को बैठकबाट राहत उपलब्ध गराउने मन्त्री यादवले आश्वासन समेत दिएका छन् ।

मिडिया प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले पहिलो चरणमा यी समाग्रीहरु ८ सय पत्रकारहरुलाई दिइने जानकारी गराएका छन् । स्मरणीय काम यी छ कि  केही दिन अघि नै नेपाल पत्रकार महासंघ प्रदेश समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सुरक्षा समाग्रीको माँग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।