दिवेश क्रान्ति कुशवाहा
जेठ १२ गते, जनकपुरधाम(मधेश टप):
कोरोना महामारीको दोस्रो लहरमा नेपालनै आक्रान्त बनेको अवस्थामा प्रदेश नं-२ सहित धनुषा जिल्ला अति नै प्रभावित क्षेत्र भएको हुँदा कोभिड -१९ बाट बच्नका निम्ति सहयोग पुगोस् भन्ने उद्देश्यले राष्ट्रवादी नागरिक समाज धनुषाले जिल्लाका स्थानीय सुरक्षाकर्मी र सर्वसाधारणहरुलाई सेनिटाईजर, माक्स उपलब्ध गराएको छ।
३००० हजार वटा मास्क र ५०० को हाराहारीमा सेनिटाईजर जिल्लाका विभिन्न स्थानमा उपलब्ध गराएको छ । बिश्व जगत नै कोरना भाईरसको महामारी बाट आक्रान्त बनेको परिपेक्षमा आफनो ज्यानको जोखिम लिई जनताको सुरक्षा गर्ने सुरक्षाकर्मीहरु लाई थोरै भए पनि राहत स्वरुप स्वास्थ्य सामाग्रीहरुको व्यवस्था भएपछि स्थानिय नागरिक र सुरक्षाकर्मीहरु खुशी भएका छन् ।
राष्ट्रवादी नागरिक समाज धनुषा जिल्ला संयोजक मुन्नु झा र सह- संयोजक नविन झा र सुदिप झाको पहलमा सुरक्षा सामाग्री उपलब्ध गराइएको कुरा राष्ट्रवादी नागरिक समाजमा आबद्ध समाजसेवी युवा सुदिप झाले बताए।