सर्लाही (मधेश टप): तरकारी किन्न गएका एक स्थानीयलाई प्रहरीले दुब्यवहार गरेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । बुधबार साझ तरकारी किन्न भन्दै बजार गएको समयमा ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरीले आफ्नु कार्यकर्तालाइ दुब्यवहार गरेर दुइ घण्टा प्रहरी नियन्त्रणमा राखेको भन्दै नेपाली कांग्रेस सर्लाहीले बिरोध जनाएको हो ।
May be an image of 1 person and standing
निषेधाज्ञाको समयमा खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिद गर्न केही घण्टा छुट दिएको समयमा तरकारी किन्न पुगेका नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई ईलाका प्रहरी कार्यालय बरर्थहवाका प्रहरी प्रमुख उद्वव सिंह भाटले दुब्यवहार गरेको भन्दै कार्वाहीको माग गरेको छ ।
कांग्रेस नगर समिति सभापति उपेन्द्र कुशवाहद्वारा जारी हस्ताक्षर बिज्ञप्तिमा (डिएसपी) उद्वव सिंह भाटको ज्यादतीको विरोध गरेका हुन् । उनलेे प्रहरीको ज्यादती नरोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएकस छन् ।
सर्वसाधारणलाइ हात मुख झोर्न केही घण्टा खुकुलो पारेको अवस्थामा प्रहरी बाट हुने दमनको आफुहरुले खुलेर बिरोध जनाउने बिज्ञप्तिमा भनिएको छ । इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट बिवादित प्रहरी अधिकारी हुन् ।
यस अघि उनलेे बाजुरामा प्रहरीको नेतृत्व सम्हाल्दा सर्वसाधारणलाइ हत्तकडी लगाएर जेल हाल्ने चेतावनी दिएको अडियो सार्वजनिक भएको थियो । उनको यो अभिव्यक्तिले प्रहरी संगठनलाइ नै लज्जित बनाएको थियो ।