मधेश टप
बर्दिवास, जेठ १२ गते :
नेपाल रेडक्रस सोसाइटी उप–शाखा बर्दिबासले ४० वटा सिलेन्डरमा अक्सिजन रिफिल (भरेर) बर्दिवास अस्पताललाई सहयोग गरेको छ ।

कोरोना संक्रमित विरामीहरुका उपचारका लागि अस्पतालमा रहेको अक्सिजन सिलेन्डरमा रिफिल गरेर हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी उप–शाखाका सभापति मुकुन्द प्रसाद पौडेलले बताए ।

बर्दिबास उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक तथा कोभिड–१९ व्यवस्थान कोडिनेटर रामबाबु यादवलाई अक्सिजन सिलेन्डर हस्तान्तरण गरेका हुन् ।