धनी राम काेरी

कपिलवस्तु । कपिलवस्तु काे मायादेवी गाउपालिका वडा नं ३ फुलिका बाट ब्राउन सुगर ६ ग्राम ५० मिलि ग्राम सहित दुई जना लाई प्रहरीले नियन्त्रणमा लिएर काे छ ।

रुपन्देही जिल्ला काे कंचन गाउपालिका वडा नं.५ बस्ने २७ वर्षका मदन कुमार दर्लामी मगर र साेही स्थान का २८ वर्षका विनोद दर्लामी मगरलाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको कपिलवस्तु का प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनु भयो ।

उनीहरू बाट प्रहरीले बा ८० प ९६९० नम्वरको माेटरसाइकल र ब्राउन सुगर ६ ग्राम ५० मिलि ग्राम सहित दुई जना लाई थप अनुसन्धान का लागि जिल्ला प्रहरी कार्यालय मा राखिएको भण्डारीले बताउनु भयो ।