लहान । लहान नगरपालिकामा पर्ने ढोढनामा रहेको राजदेवी पञ्चावती मेला यसवर्ष कोरोना महामारीका कारण प्रभावित भयो ।

मेला लाग्न नदिन बुधवार विहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जसका कारणश्रद्धालुहरु मन्दिर पुग्न नसकेपछि खेतमै बली चढाएका छन् । बुद्ध जयन्तीका दिन विश्वभर शान्तिको कामना गरिने चलन छ ।

तर लहानको ञ्चावती राजदेवी मन्दिरमा हरेक वर्ष सोही दिन लाखौं पशुपंक्षीको बली चढ्छ । यसवर्ष भने पूजारीले बोका बली दिएर विहान ९ बजे पूजापाठ गरे । तर श्रद्धालुले भने बली चढाउन पाएनन् । मनोकामना पुरा भएपछि ।
यस मन्दिरमा बुद्ध जयन्तीकैदिन बली चढाउने चलन रहेको छ । यसवर्ष कोरोना महामारीका कारण प्रशासनले मेला लाग्न नदिने र बली रोक्ने निर्णय गरेको थियो । सोही अनुसार ठूलो संख्यामा मन्दिरको चारैतीर सुरक्षाकर्मी परिचालित भएपछि श्रद्धालु मन्दिरमा पुग्न नसकेर खेतहरुमै बली चढाएको दृष्यहरु देखिएको छ । कतिपय श्रद्धालुले अर्को बर्ष बली चढाउने भन्दै राजदेवी मातासँग क्षमा मागे । तर एक वर्ष विराएर बली चढाउदा दोब्बर बली चढाउनुपर्ने जनविश्वासका कारण कतिपयले खेतमै बली चढाएको स्थानीयले बताएका छन् । आजको जनकपुर टुडेमा यो खबर छापिएको छ ।