• नरेन्द्र महताे

महाेत्तरी :  महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ स्थित रहेका निगाैल चाैक देखि पश्चिम मढहा खाेलाकाे पुल चाैक तिर गईरहेकाे बाटाे साेमवार देखि बनाउने कार्य शुरु गरेकाे प्रदेश न. २ तथा महाेत्तरी क्षेत्र .१ का सभासद भरत प्रसाद साहले बताएका छन ।

याे सडक वर्षाै वर्ष देखि झिर्ण अवस्थामा रहेकाले बाटाे अाउने जाने बटुवा तथा गाडिहरुलाई निकै सास्ति बेहाेर्नु परेका थिए।याे सडक बनाउन तथा झिर्ण अवस्थामा रहेकाे न्युज महाेत्तरी टु डे मा पटक पटक सम्प्रेशन भएका कुरा पाठकहरुलाई जानकारी भएकै हाेला ।उक्त सडक प्रदेश सभा सदस्य भरत प्रसाद साहकाे पहलमा भईरहेका छन ।

याे सडककाे चाैडाई धेरै नभए पनि पहिलेकाे अवस्था तथा हाल सडक कार्यालयले भाेगचलन जति गरि रहेकाे छ त्यति मात्र बनाईने साहले जनाएका छन । तर सडक बनाउन लागेकाे स्टिमेट माँग गरे पनि साहले अाज भाेलि दिन्छु त कहिले कामकाे विजि भएकाेले सडक डिभिजन बाट मगाउँछु भने पनि हाल सम्म उपलब्ध गराउनु भएकाे छैन।

याे सडक बनाउँदा केहि घर धुरिहरुकाे घर वाटाेमा पर्न गएकाे कारण सडक फराकिलाे नबनाएर साँघुराे बनाउने कार्य गरेकाे एक स्थानियले वताए, नक्सा ६५ फिट चाैडाई भएकाेले अहिले कुनै मापदण्डकाे पालन नगरेर जस्ताकाे त्यस्तै बनाए पछि सर्वसधारणहरु अाक्राेस बनेका छन ।

गाैशाला वजारकाे मुख्य बाटाे यहि भएकाेले सडकमा चाप बढेकाेले दुर्गघटना बढि हुने संभावना भएकाेले यस तर्फ समवन्धित निकायकाे ध्यान जान अति अाबश्यक रहेका छन ।

यहि साेनमा गाउँपालिका वडा न .७ सुन्दरपुरमा चालिस फिट चाैडा बनाई रहेकाे छ तर यहाँका केहि व्यक्तिकाे निजि स्वार्थकाे कारण सडक फराकिलाे नगरेर साघुँराे बनाउँदै गरेकाे उनकाे भनाई थियाे ।यता माम द्णड विपरित तथा ग्राेवेल र राेलिंग नगरेर सिधै वालुवा ,गिट्टि बाट बनाउन खाेजेकाे कारण अवरुध गरेकाे गाैशाला उधाेग वाणिज्य संघका अध्यक्ष राम राजा प्रसाद साहले लगायत स्थानियले बताएका छन ।