काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई आफ्नो पक्ष राख्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।

इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । इजलासमा रिट निवेदक भण्डारीले बहस थालेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।