वर्दिवास १४ जेष्ठ (मधेश टप): आज महोत्तरीमा वर्दिवासको गौतम होटेलमा आगलागि हुँदा लाखौंको क्षति भएको छ । भने जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार वर्दिवास नगरपालिका १४ स्थित गौतम हाेटेलमा आज विहान ९ बजे तिर होटमा अचानक भएको विद्युत सर्ट भई आगलागि भएको थियो ।

विद्युतीय तारबाट करेन्ट सर्ट भई हाटेलको माथिल्लो तलाको फ्ल्याट कोठामा आगलागी हुँदा एसी, पंखा, केहि फर्निचरहरु जलेर क्षतिग्रस्त भएको जिप्रका महोत्तरीका डीएसपी प्रकाश विष्टले जनाए । आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर प्राप्त हुने वितिकै इलका प्रहरी कार्यालय वर्दिवासबाट प्रहरी टोली खटि गई स्थानीयहरको सहयोगमा आधि घण्टा मै आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।