जनकपुरधाम, जेठ १५ (मधेश टप): प्रदेश-२ को जनकपुरधा स्थित ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ प्राचीन मुर्ति तथा दानपेटिका चाेरी भएकाे खुलासा छ ।

जनकपुरधाम उपमहानगरपालिका १२ को स्थित कुवा टाेलस्थित रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको गेटको ताल्चा तोडेर चाेरहरूले बहुमुल्य मुर्तिहरू चाेरेर लगेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

अविरल वर्षा भईरहेको माैकाकाे फाइदा उठाउंदै मन्दिरकाे ढाेकाकाे ताल्चा ताेडेर चोरहरुले मन्दिरमा रहेको २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जनएकाे छ ।

मन्दिरका पुजारी गहिराे निन्द्रामा सुतिरहेकाे बेला चाेरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुकाे मुर्ति र दान पेटिकामा रहेका ४० हजार रूपैया, तांबा पितलका त्रिशूल, डमरू र भाडा बर्तनहरू समेत चाेरेर लगेकाे उनले बताए ।

भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाहरुले हलो जोतिरहेको जमिनमुनिबाट भेटिएको थियो । ती मूर्ति दुर्लभ र प्राचिन रहेको बताइएको छ ।

मन्दिरका साथै केही घरमा समेत चाेरी भएकाे बताइएकाे छ । कुवा ३ वटा घर घरकाे ढाेका र सेन खनेर चाेरी भएकाे स्गानीयले जनाएकाे छ । ती घरहरूबाट हजाराै रूपैया बराबरकाे धनमालका साथै नगद समेत चाेरिएकाे बताइएकाे छ ।

प्रहरी नायब उपरिक्षक मिश्रले भने चाेरहरू अहिले फेला परेकाे छैन घटना बारे अनुसन्धान भईरहेकाे छ ।

दुई साता अघि मन्दिरका महन्थ तुलसी गिरीले गुठी संस्थानलाई पत्र लेखेर गुठी मातहतकाे मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । उजुरी पश्चात गुठी संस्थानले प्रहरीकाे सहयाेगमा ती जग्गामा रहेको करीब ३ दर्जन घर तथा टहराहरु भत्काइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।