सर्लाही १६ जेष्ठ (मधेश टप): कोभिडको तेस्रो लहर नेपालमा भेटिरहेको अवस्थामा देशको लगभग सम्पुर्ण जिल्ला मै निषेधाज्ञा जारी रहेको छ । देशभर कोभिडको दोस्रो र तेस्रो भेरिएन्ट तिब्र गतिमा फैलिरहेको अवस्था छ ।

जसको फलस्वरुप मृत्युदर पनि बढिरहेको छ । त्यसको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जेष्ठ १७ गतेसम्म निषेधाज्ञा जारी राखेको छ ।

जिल्लाभर होटल, रेष्टुरेन्ट,खाजा नास्ताका पसलहरु, पान सुर्ति तथा मदिरा जन्य पदार्थ र अन्य गैह्र खाध्य वस्तुका पसलहरु संचालनमा पुर्ण निषेध गरिएको छ । तर सर्लाहीको सिमानामा रहेका त्रिभुवननगर र संग्रामपुर नाकामा रहेका मदिरा पसलहरु निर्बाध रुपमा संचालन भइरहेको छन् ।

छिमेकी देश भारतका भारतीय नगरीकहरु त्यहाँ सँचालनमा रहेको मदिरा पसलहरुमा आई मदिरा सेवन गर्ने गरेको पार्ईको छ । सिमानाका बन्द रहेता पनि ती पसलहरुमा भिडभाड हुने गरेको पाइन्छ । जसको कारण कोभिडको कहर झन बढ्ने आशंका गर्न सकिन्छ ।

त्रिभुवननगर र संग्रामपुर नाकामा रहेका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) र नेपाल प्रहरीका कार्यालय नजिकै यस्ता मदिरा पसलहरु खुल्लेयाम रुपमा सञ्चालनमा रहेको छन् ।यसरी सञ्चालीत मदिरा पसलहरुमा त्रिभुवननगर र संग्रामपुर नाकामा रहेका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) र नेपाल प्रहरीका कार्यालयको नजर पुग्न सकेको छैन ।

जसका कारण निषेधाज्ञाको कुनै अर्थ नरहेको स्थानियबासी बताउँछन् । जहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी हुँदा हुँदै पनि कसरी र किन ति पसलहरु संचालनमा आएका हुन आफुहरुले बुझ्न नसकेको उनिहरुको भनाई छ ।

सिमानाका बन्द रहेपनि भन्सार छलीका सामानहरु नेपाली बजार आउने र सिमानाकाका मदिरा पसलहरु खुलेआम रुपमा सञ्चालन भएको देख्दा सर्वसाधारणका लागि मात्र निषेआज्ञा लगाइएको हो की भन्ने लागेको उनिहरुको भनाई छ ।