समाचारदाता 

विराटनगर (मधेश टप) : कोरोना संक्रमण नियन्त्रण गर्नका लागि देशभरि नै निषेधाज्ञा गरिएको छ, सबै क्षेत्र बन्द भएको अवस्था छ । यस बेला पनि मोरङमा इन्धन तस्करी भने रोकिन सकेको छैन ।

निषेधाज्ञाको समयमा मोरङको रतुवामाई नगरपालिका ४ स्थित सिमावर्ती नाका हुदै नेपालबाट भारततर्फ इन्धन तस्करी हुने गरेको पाइएको छ । शनिवार सशस्त्र प्रहरी बल नेपाल ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट इन्सपेक्टरको नेतृत्वमा खटिएको टोलीले ५ हजार ८ सय लिटर इन्धन ारततर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

मिनि ट्रकमा राखेर २३ ड्रम डिजल र १ ड्रम पेट्रोल लैजाँदै गरेको अवस्थामा ससस्त्र प्रह्रीले तस्करीमा प्रयोग भएको मे १ ख १५०९ नम्बरको मिनि ड्रक सहित नियन्त्रणमा लिएको ससस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीलाई देखेपछि ट्रक चालक र सहचालक ट्रक छोडेर भागेका थिए। कोरोना संक्रमण नियन्त्रणको लागि दुवै देशको नाका सिल गरिएको छ ।

आवतजावतमा कढाइ गरिएको छ । तर तस्करहरुले सुरक्षाकर्मीको आँखा छलेर तस्करी भने गरिरहेको पाइन्छ ।नियन्त्रणमा लिइएको इन्धनको दावी गर्दै कोही पनि नआएको र बरामद इन्धनको बिलबिजक समेत नभएकाले तस्करी गरेको प्रष्ट हुन्छ । बरामद इन्धनलाई आइतबार भन्सार कार्यालयमा बुझाउने एसपी पौडेलले जानकारी दिनुभयो ।

इन्धनको मूल्य नेपालमा भन्द भारतमा महंगो पर्ने भएकाले नेपालबाट भारततिर तस्करी हुने गरेको छ ।प्रदेश १ मा पेट्रोलको मुल्य प्रति लिटर १ सय २१ रुपैयाँ पाँच पैसा र डिजेलको मुल्य १ सय ४ रुपैया पाँच पैसा कायम गरिएको छ भने भारतमा पेट्रोल ३२ रुपैयाँ ६६ पैसा र डिजेल ३९ रुपैयाँ २८ पैसा महंगो रहेकोले तस्करी हुने गरेको छ ।