मधेश टप  डेस्क,

काठमाडौं। काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा अर्को हप्ता देखि केही खुकुलो पार्ने तयारी भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।

अधिकारीले भने, ‘अझै कोरोना जोखिम छ। संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।’

तीनवटै जिल्ला प्रशासन कार्यालयका सिडियोको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो।

अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन। जारी निषेधाज्ञा २० गते सकिँदैछ।