मधेश टप डेस्क,

नवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको फ्याक्ट्रीको बियर गोदाममा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान लागेको आगो नियन्त्रणबाहिर छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन् ।

‘आगो निभाउनका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन्, तर नियन्त्रणमा आउन सकेको छैन,’ गिरीले भने, ‘आसपासका जिल्लाबाट अरू दमकल बोलाउँदैछौं ।’ आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।