काठमाडौं । जनता समाजबादी पार्टी नेपालको मधेश प्रदेश अध्यक्ष तथा प्रदेश न २काे आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु जनताको हित विपरीत भएको बताएका छन्।

मन्त्री यादवले आज ब्यूरो सँग कुरा गर्दै भने प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तरिकाले यस्तो कार्यक्रम समावेश गर्नु भनेको जनता र राष्ट्रको हित विपरित रहेको छ।

मन्त्री यादवले भने हामीले भनेका छौं एउटा मापदण्ड बनाएर बजेटमा समावेश गरेका भए राम्रो हुन्थ्यो तर सरकारले हावाको भरमा अध्यादेशमार्फत् ल्याएको ढुंगा, गिटी र बालुवा निकासी गर्नेकुरा गलत भएको छ।

नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्खबनाउन मात्र खोजेको छ।यस्ता जनविरोधी कार्यक्रम कुनै हालतमा हुन् नदिने उनले बताए।