जनकपुरधाम, जेठ १९ गते 

मधेश टप : धनुषाबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिद नगर नगरपालिका – २ बस्ने वर्ष २५ का उत्तिम लाल पासमान र वर्ष १९ का निपुल यादव छन् ।

दुबैजनालाई बुधबार साँझ ६ बजे धनुषाको यदुकोहाबाट भारतको महिनाथपुर जाने क्रममा प्रहरी चौकी तिनकौरिया देखि ५ सय मिटर उत्तरमा विशेष सूचनाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस अधि लागूऔषध कारोबार तथा सेवन गर्ने आधा दर्जन व्यक्तलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको चौकीका सइ शारदा शंकर शाह ले जानकारी दिए ।